१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १२:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

क्रिप्टोकरेन्सी कारोबारको अभियोगमा मनी ट्रान्सफरका सञ्चालक पक्राउ

हुण्डी कारोबारमा समेत संलग्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १२:३४:oo

सिराहामा अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा मनी ट्रान्सफरका सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सिआइबी)ले पक्राउ गरेको छ ।

सिराहा नगरपालिका– १ मा रामजानकी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका पवनकुमार यादव बिहीबार पक्राउ परेका हुन् । उनी सिराहा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत छैटाैँ तहमा स्वास्थ्यर्मीसमेत हुन् । काठमाडौंबाट खटिएको सिआइबीको टोलीले स्वास्थ्यकर्मी यादवलाई नियन्त्रणमा लिई छानबिन अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

सिआइबीले लामो समयदेखि निगरानीमा राख्दै आएको र पर्याप्त प्रमाणको आधारमा मनी ट्रान्सफरमा छापा मारेर यादवलाई पक्राउ गरिएको निमित्त प्रवक्ता साहले बताए । प्रहरी स्रोतका अनुसार यादवले लामो समयदेखि सिराहामा हुन्डी कारोबारसमेत गर्दै आएका थिए । पक्राउ परेका यादवलाई थप छानबिन गर्न सिआइबीले काठमाडौं लगिसकेको छ ।

सिआइबीले नेपालमा क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेमाथि सूक्ष्म निगरानी गरिरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले समेत यिनीहरूको कारोबारलाई अवैध मानेको छ ।

ad
ad