१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवदीप अजनवी नुवाकोट
Invalid date format २o:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोट बस दुर्घटना : तीनको मृत्यु, २५ घाइते [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२३:oo

नुवाकोटको चैनपुरमा भएको बस दुर्घटनामा तीनजनाको ज्यान गएको छ। दुर्घटनामा परी २५ जना घाइते भएका छन्।  

बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङ जाँदै गरेको बा.२ ख ८४५ नं.को बस बिहीबार अपराह्न विदुर नपा–१२ चैनपुरमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा तारकेश्वर–६ का ७८ वर्षीय रामप्रसाद अर्याल र अर्यालकै श्रीमती ७२ वर्षीया सीतादेवी र विदुर नपा–३ का ७३ वर्षीय बाबुराम दर्जी नेपालीको मृत्यु भएको डिएसी खड्काले जानकारी दिए। 

घाइतेमध्ये ४ जनाको अवस्था अत्यान्त गम्भीर रहेकोले काठमाडौं पठाइएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। 

डा. पाण्डेका अनुसार टाउकोमा गम्भीर चोट लागेकाहरूलाई काठमाडौं पठाइएको हो। बाँकी २१ जना घाइतेहरूको त्रिशूली अस्पतालमै उपचार भइरहेको छ। 

सडकदेखि खसेको बस करिब ५० मिटर तल पुगेको छ। बसमा चालक फरार रहेका छन्। उकालोमा बस ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।