Skip This
नुवाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २० घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण ४ बिहीबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २० घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार १७:३o:oo

नुवाकोटमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। बट्टारबाट तारकेश्वर गाउँपालिका– १ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका– १२ चैनपुरमा दुर्घटना भएको हो।

दुर्घटनामा दुईजनाको मृत्यु भएको र २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मृतकको परिचय खुलेको छैन।

घाइतेहरूको घटनास्थलबाट उद्धार गरी त्रिशूली अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ। सडकदेखि खसेको बस करिब ५० मिटर तल पुगेको छ। दुर्घटनाको कारण खुलेको छैन।