१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एआई क्षमताका साथ आफ्नै च्याटबट अनलक गर्दै राकुटेन भाइबर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

राकुटेन भाइबरले नयाँ च्याटबट 'एआई च्याट एन्ड क्रिएट'को सुरुवात गरेको छ। यसले प्रयोगकर्ताहरूलाई एआई टेक्स्ट र तस्बिरहरू बनाउन सहजता प्रदान गर्ने बताइएको छ।

डल-ई र दाविंचीजस्ता जेनेरेटिभ एआईका विशिष्ठ प्रयोग गरिएको भाइबर एपको माध्यमबाट प्रयोगकर्ताहरूले च्याटबटमार्फत कुनै पनि प्रश्न सोध्न वा अद्वितीय तस्बिरहरू डिजाइन गरेर च्याटबटलाई रचनात्मकता ढंगबाट प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ।

एआईमा बढ्दो चासोको कारण भाइबरले एआईलाई थप पहुँचयोग्य र सहज बनाउने लक्ष्य लिएको छ। भाइबरले जटिल प्रविधि र प्रयोगकर्ताबीचको सहजताको लागि पुलको रूपमा काम गर्दछ, जसको कारण प्रयोगकर्ताहरूले आफ्नो इमेल प्रयोग नगरी वा प्रत्येक सेवाको लागि छुट्टै एकाउन्ट सिर्जना नगरी यसको भरपुर आनन्द लिन सक्नेछन्। 

केही ट्यापबाट नै प्रयोगकर्ताहरूले साथी र आफन्तसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरूको जवाफ दिन सक्ने बताइएको छ।

यस च्याटबटमा पहिले नै अर्गानिक पद्धतिबाट ६ हजारभन्दा बढी सब्सक्राइबरका साथै दुई लाख ५० हजारभन्दा धेरै दर्शकहरू रहेकाे कम्पनीले जनाएको छ। उक्त च्याटबट प्रयोग गर्न भाइबर एपको ‘इन्स्पायर मी’मा क्लिक गरी यसको क्षमताका उदाहरणहरू हेर्न सकिन्छ।