१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ फाल्गुण ४ बिहीबार १५:०३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

महामारीबीच एयरबसको कीर्तिमानी नाफा  

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ४ बिहीबार १५:०३:००

युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृंखलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ।

एयरबसले गत वर्ष ६ सय ६१ वटा विमान ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाए पनि खुद नाफा बढेर चार अर्ब २० करोड युरो (चार अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ।
 
महामारीको समयमा एयरलाइन्सहरू यात्रा प्रतिबन्धका कारण अधिकांश उडान रोक्न बाध्य भएका समय एयरबसले उत्पादन कटौती गरेको थियो।

कम्पनीले चाँडै महामारीका समय परेको आर्थिक बोझलाई सन्तुलित गर्ने विश्वास गरेको छ। विश्वभर यातायात सेवामा सुधार भइरहेको  र एयरलाइन्सले उच्च इन्धनको मूल्यलाई ध्यानमा राख्दै इन्धन–कुशल विमानको खरिद बढाउन खोजिरहेको छ। 

एयरबसका प्रमुख कार्यकारी गुइलाउम फाउरीले भने, ‘प्रतिकूल सञ्चालन वातावरणका बाबजुद हामीले हाम्रो आपूर्ति शृंखलालाई हामीले अपेक्षा गरेको गतिमा सुधार गर्नबाट रोकेको र ठोस वित्तीय विश्वास प्रदान गरेका छौँ।’

एयरबससँग १० हजारभन्दा बढी आपूर्तिकर्ता छन्। जसमध्ये केहीलाई महामारीको समयमा कर्मचारीले छोडेपछि उत्पादन बढाउन समस्या भएको थियो।

कच्चा माल प्राप्त गर्न बाधा भएको र युक्रेनको रुसी आक्रमण पनि आर्थिक जटिलताको कारक बनेको कम्पनीले जनाएको छ। विमान कम्पनीको बिक्री १३ प्रतिशत बढेर ५८.९ बिलियन युरो पुगेको छ। एयरबसले सन् २०२३ मा ७ सय २० वटा विमानलाई बजारमा ल्याउने लक्ष्य राखेको छ।