१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टर्की भूकम्पको शक्ति पाँच सय आणविक बमबराबर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

टर्की भूकम्पको शक्ति पाँच सय आणविक बमबराबर रहेको बताइएको छ।वैज्ञानिकहरूका अनुसार उक्त भूकम्पबाट पाँच सयवटा आणविक बमले निष्कासन गर्ने ऊर्जाजत्तिकै शक्ति  निष्कासन भएको थियो।  

यो भूकम्पबाट अहिलेसम्म टर्की र सिरियामा गरी ४१ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेकाे संख्या अझ निकै बढ्न सक्ने अनुमान गरिएकाे छ। भूकम्पमा हजारौँ घाइते र घरबारविहीन भएका छन्।  

टर्कीका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलब्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त गरेका छन्। 

संयुक्त अरब इमिरेट्सले मंगलबार आयोजना गरेको शासनप्रणालीसम्बन्धी विश्व सम्मेलनलाई यहाँबाट अप्रत्यक्ष रूपमा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले कठिन परिस्थितिमा विश्व समुदायले प्रकट गरेको ऐक्यबद्धता, उपलब्ध गराएको सहयोग र प्रदर्शन गरेको मैत्रीलाई आफ्नो देशले कहिल्यै नभुल्ने बताएका हुन्। 

विश्वका एक सय राष्ट्रबाट आफूलाई ऐक्यबद्धताका सन्देश प्राप्त भएकाे जानकारी दिँदै उहाँले दुई करोड टर्कीका नागरिक भूकम्पबाट प्रभावित भएका बताए । 

भूकम्पबाट एक करोड ३५ लाख जनसंख्या भएकाे देशका १० प्रान्तमा सर्वाधिक क्षति भएको बताउँदै उनले राहत सामग्री संकलनमा अहोरात्र खटेका मित्रराष्ट्र र तिनका नागरिकप्रति आभार व्यक्त गरे।