Skip This
अनेरास्ववियु राष्ट्रिय महाधिवेशन : बन्दसत्र सुरु, आजै नयाँ नेतृत्व चयन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनेरास्ववियु राष्ट्रिय महाधिवेशन : बन्दसत्र सुरु, आजै नयाँ नेतृत्व चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o९:oo

नेकपा एमालेनिकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ। आजदेखि बन्दसत्र सुरु हुनेछ। 

अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ। बन्दसत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ। 

अध्यक्षमण्डलका सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल छन्। 

अध्यक्षमण्डलले सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गराउनेछ। 

महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ। 

महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन्।  नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल दाबेदार रहेको बताइएको छ।