१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तरकारीका 'क्रेट'भित्र लुकाएर भित्रिन्छ लागुऔषध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३२:oo

तस्करले तरकारीको क्रेटभित्र लुकाएर नेपालमा अवैध लागुऔषध भित्र्याउने गरेको खुलेको छ। 

झन्डै ३८ लाख मूल्यबराबरको अवैध लागुऔषध बुप्रेनोर्फिन, डाइजपाम, फेनारगन र नाइट्रभेट बरामद भएपछि यो तथ्य खुलेको हो। 

तस्करले उक्त लागुऔषध तरकारीको क्रेटभित्र लुकाई नेपाल भित्र्याएका थिए। उक्त लागुऔषध बिक्री गर्ने मूल्य डिलर सोलुखुम्बु दुधकोसी गापा–४ का ३५ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले उनका साथबाट लागुऔषध खरिदपछि भुक्तान गर्न ठीक पारिएको चार लाख  ५ हजार रुपैयाँ पनि बरामद गरेको छ। 

प्रहरीका अनुसार लाक्पाले सुन्धारास्थित कोठामा लागुऔषध लुकाएर राखेका थिए । लागुऔषध नियन्त्रण ब्युराेको प्रमुख एसएसपी विकासराज खनालले लागुऔषध कारोबारकै लागि उनले उक्त कोठा भाडामा लिएर राखेको बताए।  

एसएसपी खनालले  भने, ‘तरकारीको क्रेटमा लुकाएर  लागुऔषध नेपाल भित्रिने गरेको भेटियो । काराबारको मुख्य डिलर पनि समातिए। यसका लागि उनले सुन्धारामा कोठा नै भाडामा लिएका रहेछन्। सोही कोठाबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो।’

पक्राउ परेका लाक्पा यसअघि हातहतियार तथा खरखजना मुद्दामा जेल बसेर छुटेका अभियुक्त हुन्। ब्युरोले भारतबाट नेपालमा लागुऔषध पठाउने धन्दामा संलग्न अभियुक्तलाई पनि पक्राउ गरेको  छ। 

भारत बिहार मधुवनी खौना मार्ग–४ का ३८ वर्षीय फैज अहमदले तरकारीको क्रेटभित्र लुकाएर लागुऔषध नेपाल पठाउँदै आएका थिए। 

धन्दाका लागि उनले धनुषा ओरही गापा–३ कपटोलका २९ वर्षीय रिहसाद भनिने अयान रेजा र ४५ वर्षीय जाकिर नदाफलाई प्रयोग गर्दै आएका थिए। 

अहमदकै योजनाअनुसार भारतको मधुवनबाट तरकारी बोक्ने गाडीमा क्रेटभित्र लुकाएर अयानले नेपालमा लागुऔषध भित्र्याउँथे। 

काठमाडौंसम्म ल्याउने जिम्मा भने नदाफको थियो । उनैले अहमदले  भारतबाट पठाएको लागुऔषध काठमाडौंमा लाक्पालाई दिन्थे। 

लागुऔषध हस्तान्तरण भएको सूचनापछि रकम बुझ्न अहमद आफैँ काठमाडौं आउँथे। यही क्रममा प्रहरीले उनलाई गत २५ माघमा सुन्धाराबाट पक्राउ गरेको थियो। 

ब्युरो प्रमुख एसएसपी खनालले भने,‘बिहारको मधुवनबाट अहमदले लागुऔषध नेपाल पठाउँथे । यसका लागि उनले दुई नेपाली प्रयोग गरेका थिए । रकम लिन भने अहमद आफैँ काठमाडौंमा आउँथे । यही क्रममा उनलाई हामीले सुन्धाराबाट पक्राउ गरेका छौँ।’

काठमाडौंका विभिन्न क्षेत्रमा लागि बिक्री गर्ने खुद्रा व्यापारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने काभ्रे भुम्लु गापा–४ का २४ वर्षीय दीपक तामाङ र नुवाकोट शिवपुरी गापा–८ का २९ वर्षीय लक्ष्मण बखती रहेका छन्। प्रहरीले तामाङलाई बलाजु र बखतीलाई काठमाडौं मलबाट पक्राउ गरेको थियो।