Skip This
दुई दिनभित्र बलात्कार मुद्दामा चार फैसला, १८ वर्षसम्म कैद तथा सात लाख जरिवाना 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई दिनभित्र बलात्कार मुद्दामा चार फैसला, १८ वर्षसम्म कैद तथा सात लाख जरिवाना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

गुल्मी जिल्ला अदालतले दुई दिनमा चार बलात्कार मुद्दाको फैसला गरेको छ। २७ र २९ माघमा जिल्लाका चार बलात्कार, मानव बेचबिखन तथा ओसारपसार र बहुविवाह मुद्दाको फैसला गरेको हो।

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चन्द्रकोट गाउँपालिका– ८ का ३० वर्षीय ज्ञानबहादुर कुमाललाई जिल्ला अदालत गुल्मीले १८ वर्ष कैद र सात लाख जरिवानाको फैसला गरेको छ। 

जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले कसुर गरेको ठहर गर्दै उक्त कैद तथा क्षतिपूर्तिको फैसला गरेको अदालतका तहसिलदार राम बहादुर कुँवरले जानकारी दिए। 

आरोपितले बालिकालाई ३१ भदौ ०७९ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले १ असोजमा पक्राउ गरेको थियो।

त्यस्तै, तहसिलदार कुँवरका अनुसार हाडनाताभित्र पर्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत गुल्मीकाले इस्मा गाउँपालिका– ५ का १९ वर्षीय एक व्यक्तिलाई नौ वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ। 

क्षतिपूर्तिबापतको रकम कसुरदारबाट पीडितलाई भराउने आदेश भएको छ। आरोपितले बालिकालाई १९ कात्तिक ०७८ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा गुल्मीमा उजुरी दिएका थिए। आरोपितलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले ३० कात्तिक ०७८ गते पक्राउ गरेको थियो। 

बलात्कार तथा मानव बेचबिखनको कसुरमा साढे १७ वर्ष कैद, चार लाख जरिवाना

१६ वर्षीया बालिकालाई मानव बेचबिखन, ओसारपसार तथा बलात्कार गरेको कसुर ठहर गर्दै छत्रकोट गाउँपालिका– १ पल्लीकोटका २३ वर्षीय राजकुमार नेपालीलाई जिल्ला अदालत गुल्मीले १७ वर्ष ६ महिना कैद र चार लाख जरिवाना फैसला गरेको छ।

बलात्कारको कसुरमा १२ वर्ष कैद र चार लाख जरिवाना तथा मानब बेचबिखन, ओसारपसारको कसुरमा तीन वर्ष ६ महिना कैद फैसला गरेको अदालतका तहसिलदार कुँवरले बताए। आरोपितले ७ फागुन ०७८ मा बालिकालाई भारत पुर्‍याएर बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको गरेको थियो। 

वृद्धा बलात्कार गर्नेलाई नौ वर्ष कैद र तीन लाख जरिवाना

६५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत गुल्मीकाले इस्मा गाउँपालिका– ४ का ३६ वर्षीय कृष्णबहादुर सार्कीलाई नौ वर्ष कैद र तीन लाख जरिवाको फैसला गरेको छ। 

जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले कसुर गरेको ठहर गर्दै उक्त कैद र जरिवाना गरेको अदालतका निमित्त श्रेस्तेदार कृष्णप्रसाद पाण्डेले जानकारी दिए।

जरिवानाबापतको रकम रकम कसुरदारबाट पीडितलाई भराउने आदेश भएको छ। आरोपितले महिलालाई १३ भदौमा बलात्कार गरेको भन्दै पीडित परिवारले १४ भदौ ०७९ मा जिल्ला प्रहरी कार्यालयमा गुल्मीमा उजुरी दिएका थिए। सार्कीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले भदौ १४ गते पक्राउ गरेको थियो। 

बहुविवाह गर्ने दम्पतीलाई डेढ वर्ष कैद

बहुविवाह गरेको कसुर ठहर गर्दै सत्यवती गाउँपालिका– २ का ३१ वर्षीय रमेश तरामु र ३५ वर्षीया आशा गाहालाई जिल्ला अदालत गुल्मीले जनही एक वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको फैसला गरेको छ। 

जिल्ला न्यायाधीश वसन्तराज पौडेलको ०७९ माघ २९ गतेको इजलासले उक्त कैद र जरिवानाको फैसला गरेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए। 

आरोपितविरुद्ध ३७ वर्षीय खुमा तरामुले ०७९ वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी गर्दा गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीले आरोपितलाई वैशाख ३ गते गिरफ्तार गरेको थियो। ०७९ वैशाख ६ गते जिल्ला अदालत गुल्मीमा बहुविवाह मुद्दा दर्ता भएको थियो।