Skip This
नामिबियाविरुद्ध सन्दीप लामिछाने मैदानमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नामिबियाविरुद्ध सन्दीप लामिछाने मैदानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि सुरु भएको छ। घरेलु मैदानमा सुरु भएको खेलमा नेपालले पहिले फिल्डिङ गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। 

अहिले जारी खेलमा ४४ ओभर समाप्त हुँदा नामिबियाले चार विकेट गुमाएर दुई सय २३ रन बनाएको छ। 

नेपालले आफ्नो दोस्रो खेल स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ। यता नामिबिया ३० खेलमा ३७ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। 

यसैगरी, स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो स्थानमा छ। ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अंक छ। सातौँ स्थानको पपुवान्युगिनीको २८ खेलमा पाँच अंक रहेको छ। नेपालले आज सन्दीप लामिछानेलाई पनि मैदानमा उतारेको छ। 

नेपाली टिम : रोहित पौडेल (कप्तान),  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की, सूर्य तामाङ।