मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ २८ शनिबार १२:१७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

जिम्मेवारी नपाएपछि लुम्बिनीकी मन्त्री केसीद्वारा राजीनामा 

Read Time : < 1 मिनेट
२०७९ माघ २८ शनिबार १२:१७:००

लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसी (नमुना)ले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री भएको लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएको भन्दै केसीले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

‘लामो समयदेखि जिम्मेवारी नपाउने, पार्टीको भूमिकाप्रति आपत्ति जनाउँदै मन्त्रीज्यूले राजीनामा दिनुभएको हो’, स्रोतले भन्यो । केसी बाँके क्षेत्र नं.१ (क)बाट निर्वाचित सांसद हुन् ।

पुस २७ गते केसीले मन्त्रीको रुपमा शपथग्रहण गरेकी थिइन् । तर, एक महिनासम्म पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएका थिए । तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका थिए ।