मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Wednesday, 17 September, 2025
२o७९ माघ २६ बिहीबार १८:४१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुझाए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १८:४१:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन्। 

प्रदेश सभामा विश्वासको मत लिन गर्न असमर्थ भएपछि रावल नेतृत्वको सरकार ढलेको थियो। आजको बैठकमा रावलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। तर, उनको प्रस्तावले छलफलका लागि स्वीकृति पाएन। 

संविधानमा गरिएको व्यवस्थाअनुसार उनले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने थियो। तर, २७ पुसमा उनलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टी बैठकमा अनुपस्थित भएपछि उनले विश्वासको मत प्राप्त गर्न सकेनन्।