मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Friday, 14 August, 2026
२o७९ माघ २६ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

राजीनामा बुझाउन जाँदै मुख्यमन्त्री रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १७:४७:oo

संविधानमा गरिएको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिन नसकेपछि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा दिने बताएका छन्। 

प्रदेश सभामा आफूले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि बाहिरिँदै गर्दा मुख्यमन्त्री रावलले केहीबेरपछि राजीनामा बुझाउने बताए। 

‘केही बेरपछि प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाउनेछु,’ उनले भने। 

जोशीलाई २७ पुसमा रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। एमाले संसदीय दलका नेता रावललाई त्यसवेला माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो। 

तर, सात सांसद रहेको उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभएको भन्दै रावललाई विश्वासको मत दिन अस्वीकार गर्‍यो।