Skip This
रविको पासपोर्टबारे प्रमाण संकलन गर्दै सरकारी वकिलको कार्यालय  
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २६ बिहीबार १३:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविको पासपोर्टबारे प्रमाण संकलन गर्दै सरकारी वकिलको कार्यालय  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १३:५६:oo

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान सुरु गरेको छ।

कार्यालयले विशेष जानकारीमार्फत यही माघ २४ गते  रवि लामिछानेको राहदानी सम्बन्धमा जाहेरी परेको र सो विषयमा तीन निकायमा पत्रचार गरी कागजात मगाएको जानकारी दिएको छ। 

कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा पत्र पठाएर आवश्यक कागजात मगाएको जानकारी गराएको छ।  

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद, मन्त्री पद खारेज गरिदिएकाे थियाे। सर्वाेच्चले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगरेकाे भन्दै गत शुक्रबार उनकाे सांसद, मन्त्री पद खारेज हुने फैसला गरेकाे हाे।