१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o७:oo

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एन्ड्र्यु मोरिसनबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो। 

भेटमा मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा नेपालमा सहयोेग  गरेकामा बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरिन्।

बिदाइ भेट
आजै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि गणतन्त्र पोल्यान्डका गैरआवासीय राजदूत अदाम बुराकोवस्कीले बिदाइ भेट गरे। 

यस्तै, मन्त्री पौड्याल र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारीका आयुक्त जुट्टा उर्पिलेननबीच पनि आज भेटघाट भएको छ।