१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली सरकारको प्रवक्तामा जिसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२१:oo

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलाई ताेकिएको छ। मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालू आव ०७९–८० असार मसान्तभित्र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा मातहतमा रहने संरचना र दरबन्दीको निर्क्याेल गर्ने निर्णय गरेको प्रवक्ता जिसीले जानकारी दिए। 

त्यस्तै, एकीकृत मन्त्रालयको नाम चालू आव ०७९-८० असार मसान्तसम्म साबिकको दिएको अख्तियारीअनुसार नै बजेट तथा कार्यक्रम कार्यान्वयन तथा हाल कार्यरत प्रदेश सचिव (भौतिक पूर्वाधार र जलस्रोत तथा ऊर्जातर्फ)ले साबिकको कार्य जिम्मेवारीअनुसारकै कार्यक्षेत्रमा कामकाज र एकको अनुपस्थितिमा अर्कोले कार्य सम्पादन गर्ने निर्णय भएको उनले बताए। 

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको प्रस्तावमा एकीकृत बस्ती विकास नियमावली, २०७९ स्वीकृत गरेको उक्त मन्त्रिपरिषद्को बैठकले ०७९ फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधबार बैठक बस्ने निर्णय गरेको छ। 

प्रवक्ता जिसीका अनुसार उक्त बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेशभर प्रदेश तथा स्थानीय तहका कार्यालयका लागि मात्र ०७९ फागुन १ गते सोमबार जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने र सोको सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ।