१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
निर्माणाधीन चक्रपथको महाराजगन्ज खण्ड । फाइल तस्बिर
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o९:४१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चक्रपथको दोस्रो खण्ड निर्माणअघि चिनियाँ पक्षको अडान, संरचना नहटाएसम्म काम नथाल्ने

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:४१:oo

चक्रपथको दोस्रो खण्ड विस्तार गर्न तीन वर्षअघि चिनियाँ पक्षसँग सम्झौता भएको थियो । चिनियाँ पक्षले निर्माण सुरु गरेको चार वर्षभित्र सक्ने सहमति गरेको थियो  

कलंकी–महाराजगन्ज खण्डमा रहेका मन्दिर, रूख र बिजुलीका पोल नसारेसम्म चक्रपथ विस्तारको दोस्रो चरण सुरु नगर्ने चिनियाँ पक्षले अडान लिएको छ । साइट क्लियर भएको स्थानबाट सडक विस्तार थाल्न नेपाल पक्षले आग्रह गरे पनि चिनियाँ पक्षले भने सबै संरचना क्लियर भएपछि मात्रै थाल्ने अडान लिएको हो । चक्रपथ खण्डको सामाखुसीस्थित पुरानो शिव मन्दिर सार्न कठिन भएको सडक विभागले जनाएको छ । 

अर्जुनजंग थापा महानिर्देशक, सडक विभाग
चिनियाँ पक्षले साइट क्लियर नभएसम्म काम गर्दैनौँ भनेको छ । तर, हामीले जहाँ–जहाँ साइट खाली छ, त्यहाँ–त्यहाँ काम गर्न प्रस्ताव गरिरहेका छौँ । अब एक–दुई महिनाभित्र साइट क्लियर भइसक्छ । सडकआसपासका संरचना हटाइसकेपछि चिनियाँ पक्षलाई जिम्मा लगाइनेछ । 

चिनियाँ पक्षले काम थाल्नुअघि साइट क्लियर गर्ने जिम्मा नेपाली पक्षलाई दिएको छ । तर, केही खण्डमा मन्दिर, रूख र बिजुलीका पोल नसारेको भन्दै एक महिनाअघि आएको चिनियाँ निरीक्षण टोली फर्किएको थियो । टोलीले जति छिटो साइट क्लियर भयो, त्यति नै छिटो अन्तिम सम्झौता गरेर काम सुरु गर्ने जनाएको छ ।

सडक विभागले यसअघि गोंगबुमा रहेको अकासे पुल, बिजुलीका पोल र रूख हटाइसकेको छ । चिनियाँ निर्माण कम्पनीको भने थप केही रूख र पोल हटाउन विभागलाई आग्रह गरेको छ । ‘उनीहरू साइट क्लियर नभएसम्म काम गर्दैनौँ भन्छन्, तर हामीले जहाँ–जहाँ साइट खाली छ, त्यहाँ काम गर्न प्रस्ताव गरिरहेका छौँ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, ‘उनीहरू पूरै ठाउँ खाली भएपछि मात्रै काम सुरु गर्ने भन्छन्, अब एक–दुई महिनाभित्र साइट क्लियर भइसक्छ ।’ उनका अनुसार सडकआसपासका संरचना हटाइसकेपछि चिनियाँ पक्षलाई जिम्मा लगाइनेछ । मन्दिर सार्ने विषयमा स्थानीयले समेत विरोध गरेका छन् । मन्दिर सार्न नदिने स्थानीयको अडानका कारण विभागले यसअघि साइट क्लियर गर्न नसकेको हो । 

ढल र सर्भिस लेन बनाइँदै 
सरकारले चक्रपथको यस खण्डमा ढल, बाहिरी वाल तथा सर्भिस लेन बनाउन एक अर्ब बजेट विनियोजन गरेको थियो । सोहीअनुसार काम भइरहेको छ । चिनियाँ कम्पनीसँग साइट क्लियर गर्ने र ढल तथा सर्भिस लेन नेपाली पक्षले बनाउने सहमति भएको छ । 

चक्रपथको करिब ११.७ किमि यो खण्ड आठ लेनमा विस्तार गरिदिने चिनियाँ कम्पनीले प्रतिबद्धता जनाउँदै आएको छ । यसअघि कोटेश्वर–कलंकी खण्ड आठ लेनमा बनिसकेको छ । तर, कलंकी–नारायणगोपाल खण्डको काम भने अघि बढ्न सकेको छैन । महाराजगन्ज क्षेत्रमा करिब २० वटा घरसहित मुआब्जा विवादसमेत छ । यो क्षेत्र तत्काल खाली गर्न कठिन छ । चिनियाँ कम्पनीले अन्य खण्डको काम सुरु गर्दासम्म यो क्षेत्रको मुआब्जा विवाद समाधान भए उसैलाई काम गर्न दिने, यदि नभए सडक विभाग आफैँले गर्ने विभागका महानिर्देशक थापाको भनाइ छ ।

चक्रपथको दोस्रो खण्ड विस्तार गर्न तीन वर्षअघि चिनियाँ पक्षसँग सम्झौता भएको थियो । चिनियाँ पक्षले निर्माण सुरु गरेको चार वर्षभित्र सक्ने सहमति गरेको थियो । सोही सहमतिअनुसार यस खण्डका अधिकांश रूख, भवन र विद्युत्का पोलहरू नेपाल पक्षले हटाइसकेको छ । 

कोटेश्वर–कलंकी खण्डजस्तै सडक वारपार गर्न कठिन हुने अनुमान 
चिनियाँ कम्पनीले निर्माण गरेको कोटेश्वर–कलंकी खण्डमा हरियाली नभएको, वारपार गर्न कठिन भएको भन्दै नेपाली पक्षले चिनियाँ कम्पनीसँग डिजाइन परिवर्तन गर्न माग गरेको थियो । तर, त्यसमा चिनियाँ पक्ष सकारात्मक नभएको विभागका महानिर्देशक थापाको भनाइ छ । विभाग तथा इन्जिनियरको टोलीले चिनियाँ पक्षसँग बीचमा डिभाइडर राख्न अनुरोध गरेको छ । यो खण्डमा बालाजु चोकमा ओभारपास र महाराजगन्जमा अन्डर पास राखिनेछ । त्यस्तै, चिनियाँ कम्पनीले जम्मा दुईवटा मात्रै अकासे पुल निर्माण गरिदिनेछ । अन्य तीनवटा अकासे पुल सडक विभागले निर्माण गर्नेछ ।