१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
भारतविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै नेपाली खेलाडी
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

न्यु डायमन्डले उचाल्यो महिला भलिबल उपाधि

राउन्ड रोबिन लिगको अन्तिम खेलमा उपाधि दाबेदार भारतमाथि ३–१ को जित निकाल्दै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम दुईमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२३:oo

न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा मंगलबार भएको फाइनलमा साबिक विजेता एपिएफ क्लबलाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि उचालेको हो । उपाधिसँगै न्यु डायमन्डले तीन लाख रुपैयाँ हात पारेको छ ।

न्यु डायमन्डकी प्रगति नाथले प्लेयर अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ हात पारिन् । उपविजेता एपिएफले एक लाख ५० हजार रुपैयाँ जित्यो । राउन्डरोबिन लिगको अन्तिम खेलमा न्यु डायमन्डले एपिएफलाई ३–१ को सेटमा हराएको थियो । एपिएफले लिग चरणमा व्यहोरेको हारको बदला न्यु डायमन्डसँग फाइनलमा लिन सकेन । 

प्रतिभा प्रतियोगिताकै उत्कृष्ट खेलाडी
न्यु डायमन्डलाई च्याम्पियन बनाउन प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । लिगदेखि फाइनलसम्म प्रतिभाको खेल अब्बल रह्यो । यसै प्रदर्शनका कारण नै उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भइन् । उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् । यसैगरी, विधागततर्फ उत्कृष्ट स्पाइकर एपिएफकी निरुता ठगुन्ना र उत्कृष्ट ब्लकर एपिएफकी हिरा केसी भएका छन् ।

उत्कृष्ट सर्भरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटर न्यु डायमन्डकी प्रगति नाथ र उत्कृष्ट लिबेरो न्यु डायमन्डकी सलिना श्रेष्ठ बनेका छन् । न्यु डायमन्डलाई उपाधि दिलाएका कुमार राई प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षक घोषित भए । उदीयमान खेलाडीमा न्यु डायमन्डकी सलिना बुढामगर घोषित भइन् । विधागत उत्कृष्ट प्रत्येक खेलाडीले जनही १५ हजार रुपैयाँ जिते । 

निर्णायक सेटमा न्यु डायमन्ड अब्बल
पहिलो चार सेटको समाप्तिसम्म एपिएफ र न्यु डायमन्डले २–२ सेट जितेका थिए । पाँचौँ तथा निर्णायक सेट १५ स्कोरको थियो । जसमा न्यु डायमन्डले एपिएफका खेलाडीलाई अवसर नै नदिई १५–९ ले बाजी मार्‍यो । अन्तिम सेटमा ६ अंकको अन्तर लिँदै न्यु डायमन्डले उपाधि उचाल्यो । 

उत्कृष्ट फर्ममा देखिएको न्यु डायमन्डले पहिलो दुई सेटमा एपिएफबाट कडा चुनौती पाएको थियो । यद्यपि, अघिल्लो खेलमा हराएको एपिएफमाथि न्यु डायमन्डले मानसिक दबाब राखेको थियो । यसै कारण प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा न्यु डायमन्ड २८–२६ ले विजयी भयो । न्यु डायमन्डले दोस्रो सेट १९–२५ ले एपिएफलाई सुम्पिएको थियो । 

दोस्रो सेटमा गरेको गल्ती सच्याउँदै न्यु डायमन्डले तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । एपिएफले उपाधि रक्षा गर्ने सम्भावना जीवित राख्दै चौथो सेट जित्नैपर्ने दबाब थियो । चौथो सेटमा न्यु डायमन्डले अन्तिम समयसम्म पनि एपिएफलाई चुनौती दिइरहेको थियो । तर, सामान्य गल्तीमा न्यु डायमन्डले चौथो सेट एपिएफलाई २४–२६ ले सुम्पन पुग्यो । 

पुलिस तेस्रो स्थानमा 
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिसले हात पा¥यो । पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१, २५–१३ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको हो । पु्लिसले ७५ हजार प्राप्त गर्‍यो ।