
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै मूल्यवृद्धि गरेको हो ।
आज बेलुकी विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य बढेर आएको तथा निगमलाई घाटा रहेकोले पेट्रोल र डिजेलमा प्रतिलिटर तीन-तीन रुपैयाँका दरले मूल्यवृद्धि गरिएको जनाएको छ ।
उसले इन्डियन कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन निगमलाई अझै चुनौती रहेको जिकिर गरेको छ ।
निगमको पछिल्लो निर्णयसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८, डिजेल र मट्टीतेलको प्रतिलिटर एक सय ७५ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।