
पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई धनगढी ल्याइएको छ। श्री यअरलाइन्सको बेलुकीको उडानबाट चौधरीलाई काठमाडौबाट धनगढी ल्याइएको हो।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनलाई शुक्रबार कैलाली जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
कोहलपुरमा बिहीबार दिउँसो पक्राउ परेका उनलाई बिहीबरनै काठमाडौ लगिएको थियो। सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै उनलाई स्थल यातायातबाट नभइ हवाई माध्यमबाट ल्याइएको हो।
सांसद चौधरी पक्राउ परेको विरोधमा बेलुकी कैलालीको बौनियामा नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सांसद पक्राउ परेको विरोधमा शुक्रबारबाट सशक्त आन्दोलन गरिने नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए।