१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पक्राउ परेका सांसद चौधरीलाई नेपालगन्जबाट काठमाडौं लगियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:११:oo

कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई काठमाडौं लगिएको छ। 

१९ माघ बेलुकी ५ः५० बजे श्री एयरलायन्सको जहाजबाट सांसद चौधरीलाई काठ्माडौं लगिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिए। 

पक्राउ गरेलगत्तै उनलाई बिहीबार नै स्थलमार्गबाट कैलाली लैजाने योजना थियो। स्थलमार्गबाट लगे नागरिक उन्मुक्ति पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले अवरोध गर्ने आशंकामा प्रहरीले उनलाई विमानबाट काठ्माडौं लगेको हो। 

सांसद चौधरीलाई शुक्रबार हवाईमार्गबाट धनगढी लैजाने योजना प्रहरीले बनाएको छ। ‘स्थलमार्गबाट कैलाली लैजाने क्रममा बीच बाटोमा अप्रिय घटना हुन सक्ने आशंकामा हवाईमार्गबाट धनगढी लैजाने योजनाअनुसार काठमाडौं लगिएको हो,’ एसपी राठौरले भने। 

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं. २ बाट सांसदमा विजयी चौधरीलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका १, चिसापानीबाट पक्राउ गरेको थियो। प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि उनी बाँकेमा आएर लुकेका थिए। 

गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए।  

पक्राउलगत्तै उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको थियो। सांसद चौधरीलाई कोहलपुरबाट एयरपोर्ट ल्याएर श्री एयरको विमानबाट काठमाडौं पठाइएको एसपी राठौरले बताए। 

जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएका उनी फरार सूचीमा थिए। अदालतले आगजनी मुद्दामा करिब १० वर्षअघि नै चौधरीसहित तीनजनालाई जनही ६ महिना कैद हुने फैसला गरेको थियो। 

तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले ९ वैशाख ०७० मा गरेको फैसलामा साबिक बलिया गाविस– ३, का अरुणकुमार चौधरी, परशुराम चौधरी र कोटातुल्सीपुर गाविस– १, का वीरबहादुर चौधरीलाई कैद सजायसँगै कुल आठ लाख १९ हजार चार सय २३ रुपैयाँ बिगो असुल्ने फैसला गरेको थियो। दोषी ठहर भएकामध्ये वीरबहादुरलाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको थियो।

आगजनी फौजदारी कसुरअन्तर्गतको सरकारवादी मुद्दा भएकाले सरकारी वकिलको कार्यालयले २ भदौ ०६७ मा उजुरीमा किटान गरेका तीनैजनालाई विपक्षी बनाएर जिल्ला अदालतमा मुद्दा अभियोजन गरेको थियो। 

५ भदौ ०६७ मा ट्रयाक्टरमा आगजनी गरेको अभियोग लागेका अरुणकुमार चौधरीसहित तीनजनाविरुद्धको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद र आठ लाख बिगो असुल्ने सजाय गरेको थियो, तीनैजना सुरुदेखि नै फरार थिए।

म्याद तामेलीसमेत नबुझेका प्रतिवादी बहसका क्रममा अदालतमा हाजिर पनि नभएको देखिएको जिल्ला अदालतका अधिकृत नवराज पाण्डेयले बताए। कैलालीको चिसापानीस्थित गोरांगे खोलाबाट ढुंगा लिएर लम्की जाने क्रममा बजगाईंको लु २ त २११ नम्बरको ट्रयाक्टरमा स्थानीय धोबेनी खोलानजिक आगजनी गरिएको मुद्दाको विवरणमा रहेको उनले जानकारी दिए।

४ मंसिरमा सम्पन्न निर्वाचनमा उनले २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए। उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए। रावलले १६ हजार १२८ मत पाएका थिए भने बडुवालले १५ हजार ११६ मत पाएका थिए।