Skip This
महिला टी–२० क्रिकेटमा देहिमाडौं च्याम्पियन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला टी–२० क्रिकेटमा देहिमाडौं च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका– २ देहिमाडौंले हात पारेको छ। 

मंगलबार सम्पन्न फाइनल खेलमा दनपा– ८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौंले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै देहिमाडौंले रु. २५ हजार, ट्रफी, मेडल प्राप्त गर्‍याे । त्रिपुराले रु. १५ हजार, ट्रफी, मेडलमा चित्त बुझायो। 

जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहिमाडौंले सात दशमलव पाँच ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍याे । कप्तान पिंकी बोहराले अविजित २०, मनीषा बोहराले ११ र कविता बोहराले अविजित १० रनको योगदान गरे। त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनी एक–एक विकेट लिए। 
  
त्यसअघि निंग्लाशैनी खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुराले १४ दशमलव तीन ओभरमा ५९ रन बनाउँदै सबै विकेट गुमायो। उसका लागि माया टमटाले १० रन बनाइन्। 

देहिमाडौंका लागि निर्मला बोहरा, आरती बोहरा, वसन्ती बोहराले तीन–तीन विकेट हात पारे। देहिमाडौंकी वसन्ती बोहरा वुमन अफ दी फाइनल घोषित भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिइन्।
  
यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ४९ रन र पाँच विकेट हात पारेकी देहिमाडौंकी कप्तान पिंकी बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिइन्। उनले रु. तीन हजार पुरस्कार पाइन्। यस्तै, १० विकेट लिएकी देहिमाडौंकी वसन्ती  बोहरा उत्कृष्ट बलर र एक सय ४९ रन बनाएकी देहिमाडौंकी पिंकी बोहरा उत्कृष्ट ब्याटर चुनिइन्। 

दुवैले जनही रु. एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा– ९ ग्वाल्लेकको टोली अनुशासित टोली बन्यो। दनपा– १० बाराकोटकी पियान्सी चन्द उदीयमान खेलाडी घोषित भइन्।    
 
सहिद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ ९ गतेदेखि सुरु भएको  प्रतियोगितामा नगरका सात टोली सहभागी थिए। 

यस्तै, समापन समारोहमा दशरथचन्द नगरपालिकाका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले बताए।  यहाँबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका रितु कनौजिया, अञ्जली चन्द, द्रोपती कुँवर, रेखा रावल र जानकी भट्टलाई सम्मान गरिएको हो। 
  
समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाइले  खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर खेलकुदलाई प्राथमिकतामा राखिएको र खेलाडीको क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको बताए।