मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ माघ १७ मंगलबार १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाइदेगा मन्दिर पुनर्निर्माणका लागि शिवरात्रिका दिन पैदलयात्रा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार १२:३६:oo

फागुन ६ शिवरात्रिका दिन ललितपुरमा सम्पदा पदयात्रा हुने भएको छ। मंगलबजारस्थित भाइदेगा मन्दिर पुनर्निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले रोटरी क्लब अफ पाटन हेरिटेजले पदयात्रा गर्न लागेको हो।

मंगलबजारस्थित दरबार स्क्वायरबाट बिहान ७ बजे सुरु हुने पदमार्ग पुल्चोक- अलेश्वर- महाविहार-भनिमण्डल- जलविनायक- पांगा बसपार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिर प्रांगणमा समापन हुनेछ। पैदल यात्रामा करिब दुई हजारभन्दा बढी व्यक्तिलाई सहभागी गराउने संस्थाले जनाएको छ।

ललितपुर दरबारस्क्वायरको दक्षिण–पश्चिमतर्फ निर्माणाधीन अवस्थामा रहेको सल्ने शैलीको यो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएको थियो। इतिहासकारहरूका अनुसार उक्त मन्दिर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा चौतारा भारी भागिरथ भैयाले वि.सं. १७३५ मा बनाएका थिए।

भारतको काशी विश्वनाथ मन्दिर आक्रमणमा परेर ध्वस्त भएकाले त्यसैको सम्झनास्वरूप यो मन्दिर बनाइएको बताइन्छ। मन्दिर भत्किएको झन्डै ८० वर्ष बितिसक्दासमेत पुनर्निर्माण नभएपछि भ्याली प्रिजर्भेसन ट्रस्टको प्राविधिक सहयोगमा उक्त मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको रोटरी क्लब अफ पाटन हेरिटेजले जनाएको छ।

पैदल यात्रामा सहभागिता जनाउन इच्छुक व्यक्तिले प्रतिव्यक्ति रु. ७०० सहयोगस्वरूप खल्ती एप वा कुमारी बैंक लिमिटेडको क्युआर कोड स्क्यान गरी वा संस्थाको दर्ता कार्यालय कुपण्डोलमा सम्पर्क गरी सहयोग रकम दाखिला गरी नाम दर्ता गराउन सकिने संस्थाले जनाएको छ।