मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १६ सोमबार ०८:१४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अनन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १६ सोमबार ०८:१४:००

समकालीन फुटबलका चर्चित खेलाडी हुन्, अनन्तराज थापा । मिडफिल्डर अनन्त आफ्नो समय यो क्षेत्रमा सधैँ सफल रहे । त्यसैले उनलाई राष्ट्रिय टोलीको नम्बर एक खेलाडी नै बनायो । छुच्चो बोलीका कारण अनन्त कहिल्यै गुमनाम भएनन् । अखिल नेपाल फुटलब संघ (एन्फा)का अध्यक्षविरुद्ध नै विवादमा उत्रने स्वभाव उनको थियो । तर, मैदानमा उनी आक्रामक रूपमा प्रस्तुत हुन्थे । उनले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा सबै उपाधि जिते ।

 सहिद स्मारक ए डिभिजन लिग उपाधिको ट्रफीसँगै बढ्दो उमेरसँगै उनले मैदान छाडे । तर, फुटबल छाड्न सकेनन् । खेलाडीबाट प्रशिक्षक भूमिकामा उनी सक्रिय रहे । केही वर्षयता थापा फेरिएका छन् । बोल्दा चाहिएको मात्रै बोल्ने, सबैलाई सम्मान गर्ने उनको बानी हो । ०७५ सालयता नेपाल पुलिसको मुख्य प्रशिक्षक रहँदै आएका छन्, उनी । तीनपटक सहिद स्मारक ए डिभिजन लिगमा टेक्निकल एरियामा रहे । 

यिनै थापालाई एन्फाले आइतबार महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । थापाले पहिलोपटक नेपालको राष्ट्रिय टोली हेर्ने जिम्मेवारी पाएका छन् । दुई वर्षअघि उनले नेपालको यू–१९ टोली हेर्ने जिम्मेवारी पाएका थिए । तर, टेक्निकल कमिटीले थापाको नाम अन्तिम समयमा काटेको थियो । यसपटक उनले आफूलाई सिद्ध गर्ने अवसर पाएका छन् । ‘अवसरलाई चुनौतीको रूपमा लिएको छु,’ थापाले नयाँ पत्रिकासँग भने । महिला टोलीले फागुन पहिलो साता भारतमा एक प्रतियोगिता खेल्दै छ । जसमा भारतबाहेक अन्य टोलीको टुंगो लागेको छैन । 

एन्फाले यसै प्रतियोगिताका लागि थापालाई जिम्मेवारी सुम्पिएको हो । प्रशिक्षक थापाले भारत बलियो टोली भएकाले यो जिम्मेवारी कठिन रहेको बताए । ‘पक्कै पनि भारत बलियो टोली हो । समय कम छ । नतिजा राम्रो निकाल्नु छ,’ थापाले भने।