१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
टेकराज थामी काठमाडौं
Invalid date format १९:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली रक्सीमा आन्तरिक राजस्वका सक्कली ‘स्टिकर’ !

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

ललितपुर महालक्ष्मी नपा–५ टिकाथलीमा बरामद विभिन्न नक्कली ब्रान्डका रक्सीमा आन्तरिक राजस्व विभागको सक्कली ‘स्टिकर’ फेला परेको छ। 

प्रहरीले गत शुक्रबर काठमाडौंको मित्रनगरस्थित ‘एसटी लिक्वायर स्टोर’, ललितपुरको कुपण्डोलस्थित ‘द टेस्ट लिक्वायर स्टेर’ र  महालक्ष्मीथानको टिकाथलीस्थित कारखानाबाट एक हजार सात सय बोतल नक्कली रक्सी बरामद गरेको थियो। 

बरामद सबै रक्सीको बिर्कोमा आन्तरिक राजस्व विभाग उल्लेखित ‘स्टिकर’सँगै ‘होलोग्राम’ टाँसिएका छन्। त्यसबाहेक प्रहरीले विभिन्न ब्रान्ड उल्लेखित रक्सीका बिर्का बरामद गरेको छ। उक्त बिर्कामा पनि विभाग उल्लेखित ‘स्टिकर’ र ‘होलोग्राम’ टाँसिएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले बिर्कोमा टाँसिएका ‘होलोग्राम’सहितका ‘स्टिकर’ सक्कली रहेको बताए। 
 
उनले भने, ‘ठूलो परिमाणमा नक्कली रक्सी बरामद भएकाे छ। रक्सीमा आन्तरिक राजस्व विभागको ‘लेबल’ लगाइएकाे छ। ‘लेबल’ सक्कली हो। तर, रक्सी भने नक्कली रहेको पुष्टि भएको छ। उनीहरूले विभागको ‘होलोग्राम’ उल्लेखित ‘स्टिकर’ कसरी प्राप्त गरे यस सम्बन्धमा अनुसन्धान बाँकी छ।’

त्यसबोहक पनि प्रहरीले आन्तरिक राजस्व विभाग उल्लेखित स्टिकर र होलोग्राम बरामद गरेको छ। यस क्रममा ज्याक डेनिस, डबल ब्ल्याक, सिग्नेचर रेड, ८८४८ भोड्का, सिग्नेचर ग्रिन, ब्ल्याक लेबल, खुकरी रम, गोल्डेन वेक, रुस्लान भोड्कालगायत स्वदेशी र विदेशी गरी १६ भन्दा धेरै ब्रान्डकाे नक्कली रक्सी बरामद भएको छ। बरामद रक्सीमा ‘क्यारमेल’ नामको ‘केमिकल’ रविभिन्न रङ मिसाइएको अनुसन्धान कार्यलयका प्रमुख एसएसपी डा मनोक केसीले जानकारी दिए। 

उनले भने, ‘नक्कली रक्सी बजारमा हुन सक्ने सूचनापछि प्रहरीले केही नमुना प्रयोशाला पठायो। नभन्दै रक्सी नक्कली रहेको खुल्यो। यो रक्सीमा ‘क्यारमेल’ नामको ‘केमिकल’ गलत ढंगले मिसाइएको देखिन्छ। रक्सीजस्तै देखिन यसमा रङको पनि प्रयोग भएकाे छ। जुन स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ। यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ।’

प्रहरीका अनुसार कारखानामा केमिकल मिसाएर नक्लकी रक्सी उत्पादन गरिन्छ। बोतलमा भरिन्छ। विभागको ‘होलोग्राम’ उल्लेखित बिर्को लगाएर बन्द गरिन्छ। र, तातो हावा फाल्ने हिटर प्रयोग गरी बिर्कोमा ‘फिनिसिङ’ दिइन्छ । हेर्दा सक्कलीझैँ लाग्ने नक्कली रक्सीको थप अनुसन्धान आन्तरिक राजस्व कार्यलयबाट हुने कार्यालय प्रमुख एसएसपी डा केसीले जानकारी दिए। 

उनले भने, ‘आन्तरिक राजस्व विभागका स्टिकर नक्कली रक्सीको बोतलमा प्रयोग भएका छन्। नक्कली रक्सीमा विभागको स्टिकर कसरी आयो, यस सम्बन्धमा हामी अनुसन्धानमा छौँ। यस विषयमा थप अनुसन्धान आन्तरिक राजस्व कार्यालयले पनि गर्ला। किनकि यो कालाबजरी हो। यसमा बदमासी भएको छ।’

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दोलखा कालिन्चोक गापा–३ का २७ वर्षीय नीरज उप्रेती, स्याङ्जा गल्याङ नपा–९ की धर्मी गौडेल र सिन्धुली तीनपाटन गापा–२ का गणेशबहादुर रानामागरलाई पक्राउ गरेको छ। पक्राउमध्ये उप्रेती ललितपुरको कुपण्डोलस्थित ‘द टेस्ट लिक्वायर स्टेर’का सञ्चालक हुन्। गौडेलले काठमाडौंको मित्रनगरस्थित ‘एसटी लिक्वायर स्टोर’ सञ्चालन गर्छिन्। 

नक्कली रक्सी उत्पादन गर्ने धन्दामा विनोद कार्की, भगवान बस्नेत, गोपाल पुनमगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ संलग्न रहेको प्रहरीको भनाइ छ। जसमध्ये वली, बस्नेत, खत्री र श्रेष्ठ गत १० भदौमा पक्राउ परेका थिए। नक्कली रक्सी उत्पादन गरेको अभियोगमा उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले कोटेश्वर भक्तपुरबाट पक्राउ गरेको थियो। 

उत्पादित रक्सी डिस्को, पब, पार्टी प्यालेस, दोहोरी साँझलगायतका स्थानमा बेच्दै आएका थिए। ‘स्टक क्लियरेन्स’भन्दै उनीहरूले बजार भाउभन्दा हजारदेखि दुई हजार रुपैयाँ सस्तोमा नक्कली रक्सी बेच्दै आएका थिए।