मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
मोहन विष्ट कञ्चनपुर
२०७९ माघ ११ बुधबार १५:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा फेरि जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ माघ ११ बुधबार १५:४५:००

कञ्चनपुरमा फेरि जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । लालझाडी गाउँपालिका– ६ ढक्का शिविरकी रत्ना सार्की हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।

बुधबार दिउँसो खरियो काट्ने क्रममा ५५ वर्षीया रत्नालाई जंगली हात्तीले घाइते बनाएको आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरियो पुर्जी खोलेपछि उनी त्यहाँ गएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहका अनुसार घाइते महिलाको अवस्था चिन्ताजनक रहेको र उपचारका लागि अस्पताल लगिएको छ ।

यसअघि गत १९ पुसमा शुक्लाफाँटा नगरपालिका– १२ कालागौडीको ४४ वर्षीय जितबहादुर भाटमाथि जंगली हात्तीले आक्रमण गरेको थियो ।