१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format ११:२४:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

ओस्कारको अन्तिम मनोनयन सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२४:oo

ओस्कार अवार्ड २०२३ को अन्तिम मनोनयन सूची सार्वजनिक भएको छ । ९५औँ संस्करणको ओस्कारका लागि २३ विधामा अन्तिम मनोनयनमा परेका चलचित्रहरूको नामावली मंगलबार सार्वजनिक भएको हो ।

यसपटक साइन्स फिक्सन कमेडी ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ सबैभन्दा धेरै ११ विधामा मनोनयनमा परेको छ । उत्कृष्ट चलचित्रतर्फको विधामा यस फिल्मसँगै अल क्वाइट अन द इस्टर्न फ्रन्ट, अवतार : द वे अफ वाटर, द वान्सिज अफ इनिसेरिन, इल्भिस, द फाबेल्सम्यान्स, टार, टप गन : मावरिक, ट्रयांगल अफ स्याडनेस र वुमन टकिङ समेटिएका छन् ।

द क्वाइट अन द इस्टर्न फ्रन्ट र द वान्सिज अफ इनिसेरिन ९–९ वटा विधामा मनोनयनमा परेका छन् । यसैबीच, दक्षिण भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु–नाटु’ बेस्ट ओरिजिनल संग्स विधामा अन्तिम मनोनयनमा परेको छ ।