१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका स्याङ्जा
Invalid date format २१:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्याङ्जामा पाइलटलाई अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
Invalid date format २१:o८:oo

प्रभु हेलिकाेप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकाेप्टर अवतरण गरेका प्रभु हेलिकाेप्टरका पाइलट क्याप्टेन रनेश डंगोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिए। 

पक्राउ पर्नेमा हेलिकाेप्टर चढेर पोखरादेखि वालिङ आएका चार यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकाेप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने दुईजना छन्। उनीहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। 

हेलिकोप्टरमा आएका यात्रुमा वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खिमबहादुर राना छन्। उनीहरूले पाइलट डंगोललाई जबर्जस्ती खेल भइरहेको मैदानमा हेलिकोप्टर अवतरण गर्न लगाएको प्रहरी प्रवक्ता थापाले बताए। 

हेलिकोप्टर अवतरण गरेपश्चात् पाइलटमाथि वालिङका यामबहादुर गुरुङ र सुरेश श्रेष्ठले अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासन तथा खेल आयोजक क्लबलाई पूर्वसूचना नदिईकन खेल भइरहेको स्थानमा हेलिकोप्टर अवतरण गरिएको थियो। रासस