मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Friday, 28 August, 2026
२o७९ माघ १० मंगलबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा भूकम्पमा एकजनाको मृत्यु [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १७:३९:oo

बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या मेला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पमा एकजनाको मृत्यु भएको छ।

गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार घाँस काटिरहेको वेला भूकम्प गएपछि माथिबाट खसेको ढुंगा लागेर रोकायाको मृत्यु भएको हो। 

भूकम्पका कारण दर्जन बढी घर भत्किएकाे खबर छ। भूकम्पपछि जिल्लाको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ। भूकम्पमा बाजुरा र बझाङमा क्षति भएको बताइएकाे छ। क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।