१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ १० मंगलबार १०:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 एउटै रूखमा दुईजना झुन्डिएको अवस्थामा फेला

Read Time : < 1 मिनेट
२०७९ माघ १० मंगलबार १०:३१:००

झापाको कचनकवलमा फेरि एउटै रूखमा दुईजनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कचनवकल– ४ स्थित एभरेस्ट चिया बगानमा दुईजनाको शव एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कचनकवल– ४ का २५ वर्षीय राजेशकुमार गणेश र सोही ठाउँकी १८ वर्षीया पवित्रा राजवंशी एउटै रूखमा मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । ‘एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परेको छ । प्रहरी त्यहाँ पुगेको छ । अहिले अनुसन्धानकै क्रममा छ,’ उनले भने ।

यसअघि कचनकवल– ५ स्थित सुनकोसी चिया बगानमा गत साउनमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी फेला परेका थिए । प्रहरीले उनीहरूले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो । पारिवारिक कारणले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।