मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १२ आइतबार
  • Sunday, 26 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ९ सोमबार २०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सहयोगका ४८ पुनर्निर्माण परियोजना उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ९ सोमबार २०:३२:००

२०७२ वैशाखमा आएको ठूलो भूकम्पपछि भारतीय सहयोगमा निर्मित ४८ पुनर्निर्माण परियोजनाहरूको उद्घाटन भएको छ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमार र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार आयोजित एक कार्यक्रममा परियोजनाहरू उद्घाटन गरेका हुन्। 

नेपाल र भारतबीच कूटनीतिक समबन्ध स्थापना भएको र भारत स्वतन्त्र भएको ७५ वर्षका अवसरमा यो वर्ष भारतीय सहयोगमा निर्मित ७५ परियोजना निर्माण समपन्न भएको भारतीय राजदूतावासले जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल भारत विकास साझेदारीसम्बन्धी सम्मेलनको उद्घाटन गरेका छन्। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले सम्बोधन गरेका थिए। 

भारतीय राजदूतावासले स्वतन्त्रताको ७५ वर्षका अवसरमा सांस्कृतिक कार्यक्रम, दौडदेखि सम्पदा संरक्षणलगायतका कार्यक्रम आयोजना गरेको छ। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी र भारतीय राजदूत नवीन श्रीवास्तवले प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणबारे ज्ञान आदान-प्रदानसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन गरेका थिए।

भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत नेपालका ७ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण भइरहेको छ। यसका लागि करिब करोड अमेरिकी डलर भारतीय सहयोग आएको छ। भारतले १२ वटा सम्पदा क्षेत्रका लागि प्राविधिक विशेषज्ञता प्रदान गरेको पनि दूतावासले जनाएको छ।