Skip This
बाँकेमा फैलिएको दादुरा नियन्त्रणमा, २४६ बालबालिकामा पुष्टि  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा फैलिएको दादुरा नियन्त्रणमा, २४६ बालबालिकामा पुष्टि  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३४:oo

बाँकेमा फैलिएको दादुरा नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालयको खोप अधिकृत नरेशबाबु श्रेष्ठले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए। 

उनले ६ माघमा डुडुवाका एक बालकमा दादुरा देखिएको बताए। जिल्लाभर खोजपड्ताल तथा खोप सञ्चालन भइरहेको छ। ६ माघमा एकजनामा दादुरा देखिए पनि ७ माघमा शून्यमा झरेको छ,’ उनले भने। 

उनले दादुरा संक्रमण देखिएको पालिकाका शतप्रतिशत बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिएकोले डराउनुपर्ने अवस्था नरहेको बताए। नेपालगन्जमा पहिलोपटक १२ पुसमा दादुरा देखिएको थियाे। यहाँका एक ३१ महिने बालकको मृत्यु भएको छ। 

लक्षित समूहका ९१ प्रतिशतलाई खोप

उनले बाँकेमा हालसम्म ९०.४ प्रतिशत खोप प्रगति भएको बताए। दादुरा फैलिएका पालिकामा दादुरा रुबेलाविरुद्धको खोप दिन थालिएको छ। अहिलेसम्म नेपालगन्जका लक्षित समूहका १०३.३१ प्रतिशत बालबालिकालाई खोप दिइएको खोप अधिकृत श्रेष्ठले बताए।

उनले नेपालगन्ज, खजुरा, नरैनापुर, डुडुवा गाउँपालिकामा खोप सञ्चालन भइरहेको बताए। ‘बाँकेका दादुरा प्रभावित क्षेत्रमा खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ,’ उनले भने। 

खजुरामा ९५.६७ प्रतिशत र नरैनापुरमा ४३.९४ प्रतिशत बालबालिकालाई खोप लगाइएको बताए। नेपालगन्जका ४४ हजार ४०२ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइएको खोप फोकल पर्सन जागेश्वर बस्नेतले जानकारी दिए। 

खजुरामा १७ हजार ६५९ जनालाई खोप लगाइएको खजुराका स्वास्थ्य शाखा प्रमुख दीपक ढकालले बताए। खजुराका ८ वडाका २० खोप केन्द्रबाट खोप लगाउने कार्य जारी रहेको उनले जानकारी दिए। 

नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहका अनुसार त्यहाँका ६ हजार १६० बालबालिकालाई खोप लगाइएको छ। त्यहाँका ६ वटै वडामा ११ खोप केन्द्रमार्फत खोप सञ्चालन भइरहेको उनले जानकारी दिए। 

शनिबारदेखि डुडुवा गाउँपालिकाका ६ वटै वडामा ११ वटा खोप केन्द्रमार्फत खोप लगाउन सुरुवात भएको छ। दादुरा–रुबेला खोप जिल्लामा पर्याप्त मात्रामा रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठले बताए। ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै छ। 
बाँकेका २४६ बालबालिकामा दादुरा संक्रमण

बाँकेमा २४६ जना संक्रमित छन्। यीमध्ये १८४ जना निको भएका छन्। ६१ जना घरमै उपचारमा छन्। 

सबैभन्दा धेरै नेपालगन्जका दुई सय बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ। यीमध्ये १६९ जना निको भएका छन् भने, ३० जना होम आइसोलेसनमा छन्। एकजनाको मृत्यु भएको छ। नेपालबाट सन् २०२३ सम्म दादुरा उन्मूलन गर्ने सरकारको नीति छ।