१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विकल्पमा आफ्नै दुई विमानस्थल, जहाज ‘इन्डिया डाइभर्ट’ !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भिजिविलिटी कम भएपछि एक अन्तर्राष्ट्रिय र एक आन्तरिक जहाज अवतरण गर्न नसकेपछि अन्यत्र डाइभर्ट भए।  

नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१६ को ए ३२० न्यारोबडी जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको कोलकता डाइभर्ट भयो। यस्तै नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज झापामा पुगेर अवतरण गर्‍यो। 

हालै मात्र नेपालमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठमा उद्घाटन भएको थियो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केही हप्ताअगाडि मात्रै। 

त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै विमान अवतरण हुन सकेनन्। 

गोविन्द दाहाल, महाप्रबन्धक (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल)

आन्तरिक उडानमा रहेको विमानका विषयमा चासो नभए पनि अन्तर्राष्ट्रिय उडानमा रहेको विमान किन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेन ? भन्ने चासो बढेको छ। विमानस्थल अवतरणका लागि भिजिविलिटी कम भएको बताइए पनि कारण भने अन्य भएको खुलेको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्न अन्तर्राष्ट्रिय उडानमा रहेका एयरलायन्सले पूर्वस्वीकृति लिनुपर्ने हुन्छ, तर विमानस्थल उद्घाटन भएको आठ महिना बितिसक्दा पनि यसलाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्न कम्पनीले चासो नदेखाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए। 

‘केही दिनखघि मात्र फ्लाइट दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्न पाऊँ भनेर पत्र पठाएको छ। त्यसको जवाफ पठाउँदै छौँ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कुनै पनि विमानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैैकल्पिक प्रयोग गर्न पाऊँ भनेका छैनन्’, दाहालले भने।

उनले शुक्रबार कोलकता डाइभर्ट भएको जहाज नेपाल एयरलायन्सले पनि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक उडानका लागि अनुमति नलिएको बताए। भिजिविलिटीभन्दा पनि वैकल्पिक उडान अनुमति नलिएका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरेको दाहालको भनाइ छ।