१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २१ शुक्रबार o८:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिनियाँ सहयोगबाट चौतारामा ३९ बेडको अस्पताल निर्माणाधीन

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५४:oo

जनवादी गणतन्त्र चीनको सहयोगमा सिन्धुपाल्चोक सदरमुकाम चौतारामा ३९ बेडको सुविधासम्पन्न अस्पताल निर्माण भइरहेको छ । निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको चिनियाँ प्रतिनिधि मिस्टर लिउले जानकारी दिए । 

१५ अगस्ट, २०१८ मा चीनको अर्थमन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक को–अपरेसन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाडौमा सम्झौता भएर भूकम्पपछि लडेको चौतारा अस्पताल पुनर्निर्माण गर्न ६ करोड १० लाख चिनियाँ आरएमबी सहयोग प्राप्त भएको हो । ९ सेप्टेम्बर, २०२२ मा सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिना अर्थात् ३ मार्च, २०२४ मा निर्माण सम्पन्न हुनेछ । 

चाइना क्वियुआन इन्जिनियरिङ कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ ठेकेदार कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले अस्पताल भवन धमाधम निर्माण गरिरहेको छ । अस्पताल निर्माणमा २५ चिनियाँ र ४० नेपाली कामदार खटिएका छन् ।

तीन हजार सात सय ९० वर्गमिटर क्षेत्रफलमा ३९ बेडसहित मेडिकल कम्प्लेक्स बिल्डिङ (३ स्टोरिज), वाटर पम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले उपलब्ध गराउने भएको छ । 

निर्माणमा संलग्न चिनियाँ अधिकारी र कामदार चौतारास्थित जिल्ला समन्वय समितिको पुरानो भवनमा थप आफ्नै भवन तयार पारेर बसेका छन् । उनीहरू दैनिक १२ घन्टा काम गर्छन् । निर्माणका मुख्य सामग्री धेरैजसो चीनबाटै ल्याइएका छन् । नेपालको बालुवा, गिटी र सिमेन्ट मात्रै प्रयोग गरिएको छ ।

निर्माणकार्य द्रुत गतिमा अगाडि बढेको जनाउँदै चिनियाँ प्रतिनिधि लिउले समयसीमामै निर्माण सकेर नेपाली पक्षलाई हस्तान्तरण गरिने बताए । भूकम्पपछि ध्वस्त भएको चौतारा अस्पतालले करिब पाँच वर्ष टेन्टमा रहेर बिरामीको उपचार गरेको थियो । अहिले पनि भवन अभावमा अस्पतालले मेडिकल सेवा प्रभावकारी बनाउन सकेको छैन । अस्पताल बनेपछि चौतारा साँगाचोकगढी नगर १४, इन्द्रावती, बलेफी र जुगलका धेरैजसो वडाका स्थानीयले उपचार सेवा पाउनेछन् । 


 

ad
ad