१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इन्टर मिलानलाई इटालियन सुपर कपको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२३:oo

चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले हराउँदै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । साउदी अरेबियामा भएको फाइनल खेलमा इन्टर मिलानले पहिलो हाफमै दुई गोल गरेको थियो । सिरी ए च्याम्पियन एसी मिलानमाथि इन्टर मिलानले लगातार दबाब बढाउँदै उपाधि हात पारेको हो । इन्टर मिलानको जितमा फेडेरिको डिमार्काे, इडिन जेको र लौटारो मार्टिनेजले एक–एक गोल गरेका थिए । 

‘हाम्रो लक्ष्य पहिला च्याम्पियन्स लिगको नकआउटमा थियो । त्यसपछि यसमा ध्यान थियो । हामी सफल भएका छौँ,’ जितपछि उत्साहित इन्टर मिलानका प्रशिक्षक सिमोन इन्जाघीले भने, ‘खेलाडीले राम्रो गर्न सफल भए । प्रशिक्षकका लागि यो खुसीको कुरा हो ।’ 

किङ फहाद अन्तर्राष्ट्रिय मैदानमा दशौँै मिनेटमा फेडेरिकोले अग्रता दिलाएका थिए । निकोलो बरेलाको क्रसमा फेडेरिकोले गोल गरे । १६औँ मिनेटमा राफयल लिआओको एसी मिलान बराबरी गर्नबाट चुक्यो । उनको प्रहार इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानाले बचाएका थिए । २१औँ मिनेटमा इन्टरले अग्रता दोब्बर बनायो ।

जेकोले दोस्रो गोल गरेका थिए । दोस्रो गोलपछि इन्टर मिलानले खेलमा पकड जमायो । विश्वकप विजेता अर्जेन्टिनाका स्ट्राइकर लौटारो मार्टिनेजले ७७औँ मिनेटमा तेस्रो गोल गरेका थिए । मार्टिनेजले बायाँ खुट्टाले प्रहार गरेको बल सीधै गोलमा परिणत भयो । हारपछि एसी मिलानका प्रशिक्षक स्टेफानो पिओली खुसी देखिएनन् । उनले भने, ‘मैले यो नतिजाको अनुमान गरेको थिइनँ । मलाई थाहा छ, खेलाडीको क्षमता । मैले धेरै राम्रो खेलको अनुमान गरेको थिएँ,’ स्टेफानोले भने । 

यसअघि इन्टर मिलानले सन् २०२१ मा युभेन्टसलाई अतिरिक्त समयमा २–१ ले हराउँदै उपाधि जितेको थियो । इन्टर मिलानले एसी मिलानलाई फाइनलमा हराएको पहिलोपटक हो । यसअघि सन् १९७७ मा भएको कोपा इटालिया र सन् २०११ मा इटालियन सुपर कपमा इन्टर मिलान एसी मिलानसँग पराजित भएको थियो ।

ad
ad