१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार १७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खेसारीलाललाई बोलाइएको बर्जु मेलामा पुनः हिंस्रक घटना

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२६:oo

प्रशासनको अनुमतिविना भारतीय कलाकार खेसारीलाल यादवलाई बोलाएर कार्यक्रम गर्न खोज्दा सुनसरीको बर्जु गाउँपालिकामा यसपालि पनि झडप भएको छ।

स्थानीयका अनुसार झडपमा परेर केही प्रहरी र दर्शकहरू घाइते भएका छन्। हजारौँको संख्यामा सहभागी दर्शकहरूले टिकट नभएको र प्रत्यक्ष हेर्न नदिएको भन्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो।

हुलदंगा भएपछि भारत बिहारका कलाकार खेसारीलाललाई प्रहरीले सुरक्षा दिएर बिचैमा बोर्डर क्रस गराएको छ। बर्जु महोत्सवमा भएको घटनाबारे सुनसरी प्रहरी प्रवक्ता राजकुमार राईले कार्यक्रममा छिर्न नपाउनेहरूले हुलदंगा गर्दा सामान्य घटना भएको र तीन प्रहरी मात्र घाइते भएको बताए।

गत वर्ष यही समयमा भारतीय कलाकार खेसारीलाललाई ल्याउन भनी अन्तिम समयमा नल्याउँदा स्थानीयले तोडफोड र आगजनी गरेका थिए। आगजनी र तोडफोडबाट दुई करोड बढीको क्षति भएको थियो।

यसपालि पनि बर्जु गाउँपालिकाले प्रशासनको अनुमतिविनै पुनः स्थानीय आयोजकको दबाबमा बर्जु मेला आयोजना गरेर खेसारीलाललाई बोलाएपछि झडप भएको हो।

ad
ad