१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमान दुर्घटना : ४५ शवकाे पहिचान खुलेन, डिएनए परीक्षणका लागि काठमाडौं लगिने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

विमान दुर्घटना भेटिएका ६९ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। 

शवमध्ये ३८ जनाको मात्र पहिचान भएको छ भने अन्यको पहिचान हुन सकेको छैन। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार मृतकहरूको पहिचान उनीहरूको साथमा रहेको सवारीचालक अनुमति-पत्र, मतदाता परिचय-पत्र, अन्य कागज-पत्र, पासपोर्टसँगै आफन्तको माध्यमबाट पहिचान गरिएको हो।

पहिचान गरिएका शवमध्ये २४ वटाको पोस्टमार्टम पोखरामा हुने भएको छ। अन्य ४५ शवलाई काठमाडौं लगिने भएको छ। पहिचान हुन नसकेका शवहरूको डिएनए परीक्षणपछि मात्र पहिचान खुल्ने भएकाले त्यसका लागि काठमाडौं लगिने उनले जानकारी दिए।

ती शवलाई सामबारै काठमाडौं लैजाने तयारी गरिए पनि मौसम सफा नभएकाले लान नसकिएको र मंगलबार काठमाडौंस्थित टिचिङ अस्पताल लगिने केसीले जानकारी दिए। 

शवहरू पोस्टमार्टमका लागि गोपालकुमार चौधरीको संयोजकत्वमा गठन गरिएको राष्ट्रिय शव परीक्षण समितिले काम गरिरहेको छ। टोलीमा पोखराका पाँचसँगै काठमाडाैंका दुई गरी सातजना चिकित्सकहरू खटिएका छन्।