Skip This
समाचार प्रभाव : अध्यक्ष-उपाध्यक्षकाे ‘टकराव’बीच अदानचुलीले पायो नयाँ कार्यकारी अधिकृत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : अध्यक्ष-उपाध्यक्षकाे ‘टकराव’बीच अदानचुलीले पायो नयाँ कार्यकारी अधिकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

अध्यक्ष र उपाध्यक्षका छुट्टाछुट्टै निमित्त कार्यकारी अधिकृत भएको अदानचुली गाउँपालिकाले नयाँ कार्यकारी अधिकृत पाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानमा कार्यरत नायब सुब्बा नन्दराज गिरीलाई नियुक्त गरी पठाएको छ। गिरीले पुस २९ गते आर्थिक अधिकारसहित जिम्मेवारी पाएका हुन् ।

गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाका आ–आफ्नै अडानका कारण गाउँपालिकाको कामकाज लामो समयदेखि प्रभावित बनेको थियाे । स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अदानचुलीमा दुई प्रशासकीय अधिकृत थिए । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको काम प्रभावित भएको थियाे ।

प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् । रिक्त पदमा गाउँपालिका अध्यक्ष सिंहले आफूनिकट मेगनाथ शाही र उपाध्यक्ष रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका थिए ।

अध्यक्ष र उपाध्यक्षकाे टकरावका कारण गाउँपालिकाकाे काम प्रभावित भएका समाचारहरू नयाँ पत्रिका राष्ट्रिय दैनिकमा लगातार प्रकाशित भएपछि मन्त्रालयले नयाँ कार्यकारी नियुक्त गरी पठाएकाे हाे ।