१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौ‌
२o७९ माघ २ सोमबार १४:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यसपटक देखिएको डेंगुमा सेरोटाइप- ३ स्वरूप धेरै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o७९ माघ २ सोमबार १४:३८:oo

नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप– ३ स्वरूपको डेंगु धेरै देखिएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप– ३ स्वरूपको डेंगु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।  

उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप- ३ धेरै देखिएको बताए। ‘यसभन्दा अघि पनि हामीले नमुना  परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप– ३ देखिएको थियो,’ उनले भने, ‘यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप– ३ देखिएको छ।’

सामान्यता एकपटक डेंगु भएकालाई पुनः डेंगु हुँदा सेरोटाइप– ३ देखिने सम्भावना रहेको उनको भनाइ छ। उनका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमुना परीक्षणमा ८१ जनामा सेरोटाइप– ३ देखिएको छ भने दुवै खालका स्वरूप  (मिक्स) भने ६ जनाको नमुना परीक्षणमा देखिएको छ। 

सामान्यता एकपटक डेंगु देखिएकालाई अर्कोपटक देखिँदा सेरोटाइप– २, सेरोटाइप– ३ देखिने गर्दछ। उनका अनुसार सरोटाइप– १ र सेरोटाइप– २ भइसकेका बिरामीले डेंगुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन् । दुई स्वरूपको संक्रमण भइसकेका बिरामीलाई पुनः डेंगु भयो भने सेरोटाइप– ३ हुन्छ। 

राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्याबमा गरिएका ५० नमुनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँचजनामा सेरोटाइप- ३ देखिएको छ। 

यस्तै, टेकुमा सेरोटाइप– १ प्रजाति एक सय २६, सेरोटाइप– २ प्रजाति २९ र ५३ नमुना परीक्षणमा डेंगु देखिएको थिएन। यस्तै त्रिविमा ५० जनामा गरिएको नमुना परीक्षणमा सेरोटाइप- १ स्वरूप २१ र सेरोटाइप– २ स्वरूप पाँचजना र ६ जनामा डेंगुको संक्रमण देखिएको थिएन। यस्तै, धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप– १ देखिएको थियो। 

महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप– १ र सेरोटाइप– २ मात्र देखिएको उनले जानकारी दिए। डेंगु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु लाग्दछ। 
    
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सस्ट्यान्ट डा. विमल चालिसेले अघिल्लोपटक बिरामीमा देखिएको डेंगीको स्वरूप पछिल्लो फेरि डेंगु देखिएका स्वरूप परिवर्तन गरी जटिल समस्या देखिने बताए। 

उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेटखुट्टा सुनिने लक्षणजस्ता पहिले संक्रमण भएकोभन्दा दोस्रोपटक डेंगु भएका बिरामीलाई गराउने गर्दछ।

यस्तै, सामान्य प्रकारको डेंगुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्दछन्। नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ।  

सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेंगु देखिएको र डेंगुबाट ८८ जनाको ज्यान गइसकेको छ। महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालले डेंगु संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठजनामा देखिने गरेको बताए।