१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस न्यूयोर्क
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस र युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड

Read Time : < 1 मिनेट
रासस, न्यूयोर्क
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

रुस–युक्रेन युद्ध चाँडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूत झाङ जुनले त्यसका निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

रुस–युक्रेन वार्ताको वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायबाट पहल हुनुपर्ने उनको भनाइ छ। राष्ट्रसंघीय सुरक्षा परिषदमा चिनियाँ राजदूतले आपसी मतभेद मिलाउन सरोकारवाला पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिए।

उनले जारी द्वन्द्व अन्त्य गर्न तथा युरोपेली सुरक्षा संरचना सुदृढ तुल्याउन वार्ताको प्रयत्न हुन जरुरी भएको विचार व्यक्त गरे। विशेष गरी वर्तमान परिस्थितिमा ठूलो प्रभाव पार्ने देश तथा अन्तर्राष्ट्रिय समुदायले रुस र युक्रेनलाई वार्तामा संलग्न हुन र संकटको राजनीतिक समाधानको मार्ग पहिल्याउन मद्दत गर्नुपर्ने चिनियाँ स्थायी प्रतिनिधिले बताए।

नाकाबन्दीको अवधि बढाउने तथा हातहतियारको आपूर्तिलाई निरन्तरता दिँदा परिस्थिति अझ जटिल हुने चेतावनी दिँदै चिनियाँ कूटनीतिज्ञले द्वन्द्व घटाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए। उनले युद्धबाट प्रभावितलाई मानवीय सहायता उपलब्ध गराउनुपर्ने र युक्रेनका क्षतिग्रस्त ऊर्जा पूर्वाधार यथाशीघ्र मर्मत गराउन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए। शान्ति स्थापनाका सबै काममा चीनको सक्रिय सहभागिता एवं सहयोग रहने पनि उनले स्पष्ट गरे।

राजदूत झाङले जापोरिझहिया आणविक ऊर्जा केन्द्रको सुरक्षामा असर पार्ने सबै सैन्य कारबाही तत्काल बन्द गर्न आग्रह गर्दै चीनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)लाई ऊर्जा केन्द्रका सम्बन्धमा रुस र युक्रेनसँग सञ्चार कायम राख्न सहयोग गर्ने जानकारी दिए।