Skip This
डोल्पा अस्पताल जोड्ने पक्की पुल बनाउन पहिलो चरणमा दुई करोड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पा अस्पताल जोड्ने पक्की पुल बनाउन पहिलो चरणमा दुई करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

डोल्पाको एक मात्र अस्पतालको रूपमा रहेको जिल्ला अस्पताल जोड्ने मोटरेबल पुल बनाउनका लागि पहिलो चरणमा दुई करोड बजेट छुट्याइएको छ। पूर्वाधार विकास कार्यालय डोल्पाबाट पहिलो चरणमा दुई करोड बजेट छुट्याइएको हो।

मोटरेबल पुल नहुँदा बिरामीलाई एम्बुलेन्समा सीधै अस्पताल पुग्न समस्या हुने भएपछि पक्की पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट आव ०७९-८० का लागि पहिलो चरणमा दुई करोड रकम छुट्याइएको कार्यालय प्रमुख पदम देवकोटाले जानकारी दिए।

‘शिवनाथ इन्जिनियरिङ कन्सल्टेन्सीले अघिल्लो वर्ष तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन रिपोर्ट स्थानीय सडक तथा पुल सहयोग इकाइले अझै स्वीकृत भएको छैन, स्वीकृतका लागि प्रयास भइरहेको छ, अब छिट्टै पुलको ठेक्का खुलाउने तयारी भइरहेको छ,’ देवकोटाले भने।

पुलको योजना क्रमागत भएकाले प्रत्येक वर्ष बजेट आउने र सकेसम्म दुई वर्षभित्रै काम सक्ने गरेर निर्माण थालिने उनको भनाइ छ।

अघिल्लो आर्थिक वर्षमा स्थानीय सडक तथा पुल सहयोग इकाइले विस्तृत अध्ययन प्रतिवेदन रिपोर्ट स्वीकृत नगरेकै कारण दुई करोड बजेट फिर्ता गएकोसमेत उनले बताए।

पुलको कुल लागत अनुमान १२ करोड रहेको पूर्वाधार विकास कार्यालय डोल्पाले जनाएको छ। जिल्ला अस्पताल जोड्ने पुल बनाउन अपरिहार्य भएको ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढाले बताए।

जतिसक्दो छिटो पुल निर्माण गराउन नगरपालिकाले गर्नुपर्ने सहयोग सबै गर्ने उनको भनाइ छ। अहिले सीधा अस्पताल जोड्ने पुल नहुँदा सडक छोडेर बिरामीलाई घुमाउरो बाटोमा आधा घण्टा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ।

अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पतालले जनाएको छ।