१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकर्स संघमा केसी निर्विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१३:oo

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको संघको विशेष साधारणसभाले केसीलाई अध्यक्षमा चयन गरेको हो । 

तत्कालीन संघका अध्यक्ष अनिलकुमार उपाध्यायले नेतृत्व गर्दै आएको कृषि विकास बैंकमा उनको कार्यकाल गत पुस १० गते समाप्त भए पनि बैंकर्स संघमा अध्यक्ष पद रिक्त रहेको थियो । संघको अध्यक्ष पद रिक्त भएसँगै अध्यक्षको निर्वाचनको कार्यक्रमसमेत रहेको सभाले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । उनी यसअघि संघको उपाध्यक्ष पदमा थिए ।

०७३ साल फागुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीसँग बैंकिङ क्षेत्रको तीन दशकभन्दा धेरैको अनुभव रहेको जनाइएको छ । केसीलाई अध्यक्षमा निर्वाचित गरेपछि रिक्त हुन गएको उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई विशेष साधारणसभाले आगामी दुई वर्षका लागि मनोनीत गरेको छ । नवनिर्वाचित अध्यक्ष केसीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रको हित तथा थप सफलताका लागि प्रयत्नशील रहने र यसक्रममा सबैको सहयोग, सुझाव प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

ad
ad