१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १७:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

कर्णालीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। २५ सांसदको हस्ताक्षरसहित उनले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए। 

दाबी पेस गरेअनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा शर्मालाई नियुक्त गरेका हुन्।  

नेपालको संविधानको धारा ११८ को उपधारा(३) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शर्मालाई नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। उनलाई नेकपा माओवादी केन्द्रका १३, एमाले १०, राप्रपा १, एकीकृत समाजवादी १ जना सांसदले समर्थन गरेका छन्। 

को हुन् कर्णालीका मुख्यमन्त्री  शर्मा ?

२०२८ साल भदौ १८ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका—१४ साक्चा, नुवाकोटमा (साबिक नुवाकोट गाविस) जन्मिएका शर्मा वास्तविक नाम राजकुमार शर्मा हो भने पार्टीको नाम ‘आर्ट’ का नामले चिनिन्छन्। 

शर्माको शैक्षिक योग्यता दश कक्षा रहेको छ भने उनले प्रत्यक्षतर्फ रुकुम पश्चिमको प्रदेश सभा (ख) बाट विजयी भएका हुन्। माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका शर्माको राजनीतिमा आबद्धता ०४१ सालदेखि नै हो। ०५० सालदेखि ग्रामीण वर्गसंघर्षको थालनीकर्ताका रूपमा पूर्णकालीन कार्यकर्ता भएर माओवादी जनयुद्धमा सामेल भएका थिए। २०४१ सालमा स्कुल पढ्दापढ्दै अनेरास्ववियुको राजनीतिमा संलग्न भएका शर्माको राजनीतिक पृष्ठभूमि लामो र संघर्षशील छ। 

सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्थे। ०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि जहानियाँ राजतन्त्रको विरोध, जनयुद्धको तयारीका क्रममा ५०-५१ सालमा रूकुम रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्षको थालनीकर्ता हुँदै जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा लागेका हुन्। उनी ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिएका हुन्। 

०५० सालमा महतको फूलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपूर्ण भूमिका रह्यो। महतको फूलबारी जंगल कुनै समय निकै चर्चित थियो। 

जनयुद्धको आधार तयार गर्न रुकुममा सञ्चालित ग्रामीण वर्गसंघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिँदै जनयुद्धपूर्व नै पूर्णकालीन राजनीतिमा होमिनुभएका शर्माले ०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेलेका छन्। ०५३ पुषमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी भएका थिए। 

जनयुद्धको विस्तारका लागि ०५४ सालदेखि साबिक कर्णालीमा सरुवा भएर विभिन्न कमान्डको नेतृत्व गर्नुभयो। सो क्रममा उहाँले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायतका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्जका भूमिकामा छन्। 

शान्ति प्रक्रियासम्म दैलेखको नेतृत्व गरेका शर्मा शान्ति प्रक्रियापछि थारूवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख भएर काम गर्नुभयो। 
उनी ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख रहेका थिए।