१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देश झनै संकटमा जाने स्थिति देखियो : चित्रबहादुर केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१६:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश झनै संकटमा जान सक्ने आशंका व्यक्त गरेका छन्। सरकारलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गरेको भन्दै उनले देश झनै संकटमा जान सक्ने आशंका व्यक्त गरे।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्ने प्रस्ट पारे। आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे।

‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्। यहाँभन्दा हाइसन्चो अरू के हुन्छ ? सत्ता पक्षमा बस्नेलाई यहाँभन्दा आनन्द के हुन्छ ? यो कुन किसिमको समर्थन हो, मैले बुझ्न सकिनँ । आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन यो ? यसो गरेर देश बन्छ ? सरकार चल्छ ? यस खालको दृश्य डरलाग्दो छ,’ केसीले भने।

अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरूबाट सरकारमा नगई चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुन सक्ने आशंका व्यक्त गरे।

ad
ad