१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २६ मंगलबार ११:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार ११:५२:oo

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एमाले छोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका भुसाल समाजवादीमा आबद्ध हुन लागेका हुन्।

केही दिनमै औपचारिक कार्यक्रम गरेर भुसाल समाजवादीमा आबद्ध हुने एक पदाधिकारीले जानकारी दिए। भुसालनिकट एक नेताका अनुसार सबै कुरा मिलिसकेको छ। औपचारिक कार्यक्रम गरेर आबद्ध हुन मात्रै बाँकी छ। पूर्वमन्त्री भुसाल एमालेका पूर्वउपमहासचिवसमेत हुन् ।

एकीकृत समाजवादीमा भुसाललाई महासचिव बनाउनुपर्ने मत बलियो छ। हाल एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल छन्।