मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Wednesday, 02 September, 2026
२o७९ पौष २६ मंगलबार ११:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मन्त्रालयको संख्या घटाउने मुख्यमन्त्री जम्कट्टेलको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार ११:२४:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका मन्त्रालयको संख्या घटाउने निर्णयमा हस्ताक्षर गरेका छन्। शपथलगत्तै पदभार ग्रहण गर्न मुख्यमन्त्री कार्यालय पुगेका नवनियुक्त मुख्यमन्त्री जम्कट्टेलले दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन्।

उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको संख्या घटाउने र पुस मसान्तभित्र संघीय सरकारसमक्ष विशेष र समपूरकतर्फको अनुदानका योजनाहरू तयार पारी पठाउने निर्णय गरेका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका मुख्यसचिव मुकुन्दप्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेका छन्। उक्त समितिलाई आगामी १५ दिनभित्रमा प्रतिवेदन तयार पारी पेस गर्न निर्देशनसमेत दिइएको छ।