मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तापक्रममा वृद्धि हुँदा पोलिस सहर जिजचेनमा समयअगावै चेरी फुल्न थालेका छन् । तस्बिर : इपिए
२०७९ पौष २५ सोमबार ०९:०९:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

युरोपमा जलवायु परिवर्तनको प्रभाव : जाडोयाममा कीर्तिमानी तापक्रम

Read Time : > 1 मिनेट
२०७९ पौष २५ सोमबार ०९:०९:००

जाडोयामसँगै सुरु भएको नयाँ वर्षमा युरोपका केही भागमा कीर्तिमानी स्तरमा तातेका छन् । चिसो मौसम तातो हुँदा ग्यासको उच्च मूल्यसँग संघर्ष गरिरहेको युरोपका सरकारलाई छोटो अवधिकै लागि भए पनि राहत भएको छ । तर, डरलाग्दो के भने यो तातोलाई जलवायु परिवर्तनले निम्त्याएको हो । जाडोयामको यो तातोले जलवायु परिवर्तनविरुद्ध लड्न द्रुत कदमका लागि अभियन्ताबाट आवाज उठेको छ ।

युरोपका सयौँ क्षेत्रमा विगतका तापक्रमका रेकर्ड तोडिएर नयाँ कीर्तिमानहरू दर्ज भएका छन् । यसपटक स्विट्जरल्यान्ड, पोल्यान्डदेखि हंगेरीसम्मले अहिलेसम्मकै न्यानो ‘क्रिसमस इभ’ दर्ज गरे । नयाँ वर्षका दिन बुडापेस्टको तापक्रम १८.९ डिग्री सेल्सियस थियो भने फ्रान्समा ३० र ३१ डिसेम्बरको रात तापक्रमको रेकर्ड राख्न थालिएयताकै तातोमा दर्ज भए । नयाँ वर्षको दिन फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा तापक्रम २५ डिग्री सेल्सियससम्म पुगेको थियो । सामान्यतया भिडभाड देखिने युरोपका स्की रिसोर्टहरू नयाँ वर्षका दिन हिउँको अभावले सुनसान देखिएका थिए ।

जाडोयाम न्यानो बनेपछि चिन्ताका स्वरहरू उठेका छन् । जलवायु परिवर्तनको कारण जाडोयाममा तापक्रम बढ्दा केही रुखमा फूल फुल्न थालेको खबरलाई चेक टेलिभिजनले महत्वका साथ प्रसार गरेको छ । स्विट्जरल्यान्डको जलवायु तथा मौसम विज्ञान कार्यालयले बेमौसममा फुलेको हेजलबाट जोगिन एलर्जीपीडितलाई चेतावनी जारी गर्‍यो ।

हिजोआज स्पेनको बास्क कन्ट्रीको बिलबाओ विमानस्थलमा तापक्रम २५.१ डिग्री सेल्सियस पुगेको छ । बिलबाओको गुगेनहेम संग्रहालयबाहिर बस्दा वा नर्भियन नदीको छेउमा घुम्दा मानिसले घाममा आनन्दसँग ज्यान सेकाउन पाएका छन् । ‘यहाँ सधैँ धेरै पानी पर्छ । यो जनवरी हो, तर यो गर्मीको दिनजस्तै भएको छ,’ बिलबाओ निवासी ८१ वर्षीय वृद्ध युसेबियो फोल्गेराले भने ।

युरोपका सयौँ क्षेत्रमा विगतका तापक्रमका रेकर्ड तोडिएर नयाँ कीर्तिमान दर्ज भएका छन् । यसपटक स्विट्जरल्यान्ड, पोल्यान्डदेखि हंगेरीसम्मले अहिलेसम्मकै न्यानो ‘क्रिसमस इभ’ दर्ज गरेका छन् ।

स्पेनको बिलबाओमा नयाँ वर्षको दिनको तापक्रम जुलाईको औसत तापक्रम बराबर थियो । स्विट्जरल्यान्डमा तापमान २० डिग्री सेल्सियसम्म पुग्दा तातो मौसमले युरोपको पर्वत शृंखलाका स्की रिसोर्टहरूलाई असर गरेको छ । फ्रान्सेली पर्यटक जोआना होस्ट भन्छिन्, ‘यो याम साइकल चलाउन योग्य भएको छ । तर, हामीलाई पृथ्वी जलिरहेको थाहा छ । त्यसैले सर्दीमा न्यानोको मजा लिइरहँदा हामी डराई पनि रहेका छौँ ।’

बिबिसीका अनुसार नेदरल्यान्ड, लिकटेन्स्टाइन, लिथुआनिया, लात्भिया, चेक रिपब्लिक, पोल्यान्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेका छन् । जर्मनी, फ्रान्स र युक्रेनमा पनि तातोले रेकर्ड तोडेको छ । वार्सामा १ जनवरीमा रेकर्ड गरिएको तापक्रम अघिल्लो वर्षको सोही दिनको भन्दा ४ डिग्री सेल्सियस बढी थियो भने बेलारुसको तापक्रम १६.४ डिग्री सेल्सियस थियो, जुन अघिल्लो वर्षको सोही दिनको रेकर्डभन्दा ४.५ डिग्री सेल्सियस बढी हो ।

केही दिनअघि मात्रै बेलायत, आयरल्यान्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई आफ्नो कीर्तिमानी गर्मीको वर्ष घोषणा गरेका थिए । बेलायतमा गतवर्ष सबै महिना औसतभन्दा तातो रह्यो । डिसेम्बरमा बेलायतको धेरैजसो भागमा हिउँ पर्‍यो तर यही महिना बढी तातो रह्यो ।

मानवसिर्जित जलवायु परिवर्तनका कारण तापलहर बारम्बार, थप तीव्र र लामो हुन थालेको छ । गर्मीयामको तापलहरले भन्दा तात्दो जाडोयामले ठूलो जनधनको क्षति गर्न सक्छ । जनवरीको न्यानो मौसमले मानव सिर्जित जलवायु परिवर्तनकोे दीर्घकालीन प्रवृत्तिलाई संकेत गर्छ ।