मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Thursday, 10 July, 2025
२o७९ पौष २३ शनिबार १६:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पृथ्वी जाेगाउन संकलित ३० लाख प्लास्टिकका बोतलको कला प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १६:२७:oo

बंगलादेश युवा संगठनले प्लास्टिक प्रदूषणविरुद्ध चेतना जगाउन ‘सेभ अर्थ, सेभ बंगलादेश’ भन्ने नाराका ३० लाखभन्दा बढी प्लास्टिकका बोतलको कला प्रदर्शनी आयोजना गरेको छ।

विगत ३२ दिनदेखि यहाँ जारी रहने प्रदर्शनीमा प्लास्टिकका बोतल, पोलिथिन, चिप्सका प्याकेट र सिगरेट फिल्टरबाट बनेका तस्बिर तथा मूर्ति समावेश गरिएको छ।

ढाकामा रहेको युवा संगठन ‘बिडी क्लिन’ले लामो समयदेखि राजधानी ढाका र बंगलादेशका अन्य ठाउँमा प्लास्टिक फोहोर सफा गर्दै आएको छ।

प्लास्टिक र रासायनिक प्रदूषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको बिडी क्लिनका संयोजक मसुदुर रहमानले बताए। 

प्रदर्शनीको तयारीका लागि बिडी क्लिनका सदस्यले डेढ महिनाभन्दा बढी समयदेखि देशका विभिन्न स्थानबाट प्लास्टिक संकलन  गरेको बताए। उनीहरूले निजी खर्चमा फोहोर संकलन गरी यातायातका विभिन्न माध्यमबाट ढाकासम्म ल्याएका जानकारी दिए।

दैनिक हजारौँ दर्शक प्रदर्शनीमा आएका तथा उनीहरू प्रस्तुत चित्रबाट आल्हादित भएका आयोजक संस्थाले बताएको छ। केही आगन्तुकले अब उप्रान्त प्लास्टिक प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वातावरण संरक्षणका खातिर प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।