१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मायाखोला हाइड्रोपावरद्वारा वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२५:oo

प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको एक सय रुपैयाँ अंकित दरको दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका नाममा बाँडफाँड गरिएको छ।
 
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक  रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको सेयर गत मंसिर २३ गते (२०७९-०८-२३०) देखि पुस ८ गते (२०७८-०९-०८) सम्म आवेदन खुला गरेकोको थियो। 

कम्पनीका अनुसार सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आठ हजार आठ सय सातजना आवेदकबाट ७,७४,२३० कित्ता सेयरका  लागि आवेदन प्राप्त भएको थियो।

सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न कारणबाट पाँच सय ४८ जना आवेदकबाट प्राप्त ४७,३६० कित्ता सेयरको लागि परेको आवेदन रद्द गरेको थियो। साथै कम्पनीका अनुसार निष्कासन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा एकजना आवेदकले दुईवटा हितग्राही खाताबाट ३० कित्ता सेयरका लागि आवेदन गरेकोले सोलाई रद्द गरेको जनाएको छ। 

रित पुगेका ८,२५७ जना आवेदकबाट माग भएको ७,२६,८४० कित्ता सेयर आज (शुक्रबार) १० कित्तादेखि ३० कित्ता माग गरेका आवेदक तथा ४० कित्तादेखि ६,३०० सम्म माग गरेका आवेदनलाई ३० कित्ताको दरले सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। 

बाँकी सेयरका लागि ४० कित्तादेखि ६,३०० कित्ता सेयर आवेदन दिने ५,४८३ जना आवेदकबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँडफाँडको नतिजा प्रभु क्यापिटल तथा सिडिएससीको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ। 
 

ad
ad