मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Monday, 31 August, 2026
२o७९ पौष २१ बिहीबार २o:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर युवकको मृत्यु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार २o:२९:oo

करेन्ट लागेर बिहीबार पोखरामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ माथिल्लो दीप बस्ने १९ वर्षीय श्रम गुरुङ रहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।

आफ्नै साढे २ तले घरको छतमा गएका वेला अचानक हाइटेन्सन लाइनको करेन्ट लागि गुरुङ घाइते भएका थिए। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चेक–जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको चौधरीले जानकारी दिए। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।